आणविक शक्तिलाई उच्च सतर्कतामा रहन पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य मुलुकहरुले आक्रामक वक्तव्य दिइरहेको भन्दै आफ्नो आणविक शक्तिलाई उच्च सतर्कतामा रहन आदेश दिएका छन्। 

पुटिनको आदेशले युक्रेनमा जारी लडाइँ आणविक युद्धमा बदलिन सक्ने जोखिमलाई बढाएको छ। 

पुटिनले रुसका उच्च अधिकारीहरुसँगको बैठकमा रक्षामन्त्री र सेनाको जनरल स्टाफका प्रमुखलाई सो आदेश दिएका हुन्।

पश्चिमा मुलुकले रूसविरुद्ध आर्थिक हिसाबले मात्रै शत्रुतापूर्ण कारबाही नगरेको उल्लेख गर्दै पुटिनले भने, ‘बरु, नेटोका प्रमुख सदस्यले हाम्रो देशलाई लिएर आक्रामक अभिव्यक्ति दिइरहेका छन्।’

दुई मुलुकबीच बेलारुसको सीमामा वार्ता हुने बताइए पनि चौथो दिन पनि युक्रेनको राजधानी किभबाहिर र दोस्रो ठूलो सहर खार्कोवमा लडाइँ चलिरहेको छ। 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया