जसले राष्ट्रघाती भनेर सडकमा जात्रा झिक्यो, उसैले राष्ट्रवादको प्रमाणपत्र दियो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफ्नो पार्टीको पुरानो अडान यथावत् रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकपछि संसद भवनबाट बाहिर निस्कँदै उनले यस्तो बताएका हुन् । 

आजको प्रतिनिधिसभा बैठकबाट एमसिसी सम्झौता अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसिसी अनुमोदनका लागि प्रस्ताव पेस गरेका थिए । 

नेता बाँस्कोटाले बैठकपछि भने, ‘हामीले जे भन्दै आएका थियौँ । सत्तारुढ गठबन्धन जसरी बनेको थियो र उसित जति सिट थियो उसैले आफ्नो काम सम्पन्न गर्यो । हामी वेल घेरेर बसेका थियौँ ।’ उनले माओवादी र नेकपा एसप्रति लक्षित गर्दै भने, ‘जसले राष्ट्रघाती हो भनेर सडक, सदन सरकार सबै ठाउँमा जात्रा झिक्नुभएको थियो । राष्ट्रघाती करार गर्नुभएको थियो । आज उहाँहरु आफैँले राष्ट्रवादको प्रमाणपत्र दिनुभयो । बाँकी कुरा जनताले फैसला गर्छन् ।’






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया