युक्रेनले रूसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दर्ता गर्‍यो मुद्दा

युक्रेनले आफ्नो मुलुकविरुद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, 'युक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठहर्याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।'

युक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको हो । आक्रमण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठहर्याउन युक्रेनले माग गरेको छ । 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया