हाम्रो प्रयास सफल भयो : मन्त्री झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्याख्यात्मक घोषणामार्फत आफूहरुले गरेको प्रयास सफल भएको बताएकी छिन् । 

संसदबाट एमसिसी पारित भएसँगै उनले यस्तो बताएकी हुन् । व्याख्यात्मक घोषणाले एमसिसीका विषयमा भ्रम निवारण गर्न सफल भएको उनले बताएकी छन्। 

सुरुदेखि नै एमसिसीको पक्षमा रहेकी मन्त्री झाँक्री व्याख्यात्मक घोषणाको नमुना तयार गर्नेदेखि शीर्ष नेतालाई सहमतिमा ल्याउने प्रक्रियासम्म सहभागी थिइन् । 

भदौ २३ मा भएको प्रश्नोत्तरमा अमेरिकाले स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘त्यसलाई हामीले एमसिसी सम्झौताको अंग बनाउन सफल भयौँ।’






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया