कस्तो रहला आज र भोलि मौसम ?

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सफा रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । 

प्रदेश-१ तथा गण्डकी प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रदेश-१, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार ७:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया