अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न पार्टीको बन्दको प्रभाव काठमाडौंमा सामान्य देखिएको छ । ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले गरेको बन्द आह्वानका कारण काठमाडौंका सडकमा बाक्लै सवारीसाधन चलेका छन् ।
यसैबीच, बन्द गराउँदै हिँडेका ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादीलगायतले बन्दको आह्वान गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।