काभ्रेमा ‘नो एमसिसी’ लेखिएको शंकास्पद वस्तु फेला

काभ्रेको बनेपामा एउटा शंकास्पद वस्तु फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाको पुल बजारमा शंकास्पद वस्तु फेला परेको हो । 

शंकास्पद वस्तु फेला परेपछि अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । शंकास्पद वस्तुमा ‘नो एमसिसी’ लेखिएको छ ।

शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । 

आज एमसिसी अनुमोदनको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादीलगायतले बन्दको आह्वान गरेका हुन् ।   

बनेपामा फेला परेको शंकास्पद वस्तु पनि बन्दकर्ताहरूले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार ९:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया