लाहोरलाई पहिलोपटक पिएसएलको उपाधि

पाकिस्तान सुपर लिग (पिएसएल) को सातौं संस्करणको उपाधि लाहोर कलन्दर्सले जितेको छ।

उसले गएराति भएको फाइनलमा साविक विजेता मुल्तान सुल्तानलाई ४२ रनले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो ।

१८१ रनको लक्ष्य पछ्याएको मुल्तानले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । उसका लागि खुसदिल शाहले सर्वाधिक ३२ रनको योगदान दिँदा टिम डेविडले २७ र सहान मसुदले १९ रन बनाए ।

लाहोरका लागि कप्तान शहिन शाह अफ्रिदीले ३, मोहम्मद हाफिज र जमान खानले २–२ तथा हरिस रउफ र डेविड विसेले १–१ विकेट हात पार्दा एक विकेट रन आउटमा रूपमा प्राप्त भयो। 

यसअघि लोहोस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

लाहोरका लागि मोहम्मद हाफिजले सर्वाधिक ६९ रनको योगदान दिए । ४६ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे । अविजित रहेका ह्यारी ब्रुकले ४१ र डेविड विसेले २८ रन जोडे । 
 
मुल्तानका लागि आसिफ अफ्रिदीले ३ तथा डेविड विली र शहनवाज दहनीले १–१ विकेट लिए ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार ११:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया