रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । 

विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिक क्षति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् ।

पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् । 

रुसको गोलाबारीपछि एएन-२२५ मिरियामा क्षति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन-२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो । 

‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’ लाई रुसी अतिक्रमणकारीहरुले किभ नजिकैको मैदानमा आक्रमण गरेका छन् । हामीले फेरि जहाज बनाउनेछौं । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरूले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन । ’





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १२:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया