पाकिस्तान क्रिकेट टोलीका मुख्य सदस्य हसन अली र फहिम असरफले अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको पहिलो खेल गुमाउने भएका छन् ।
पाकिस्तान सुपर लिग (पिएसएल) मा इस्लामाबाद युनाइटेडबाट खेलेका बलर हसन र अलराउन्डर असरफले चोटका कारण पहिलो टेस्ट गुमाउने भएका पाकिस्तान क्रिकेट बोर्डले जनाकारी दिएको हो ।
घरेलु टोली पाकिस्तानले अस्ट्रेलियासँग तीन खेलको टेस्ट सिरिज खेल्दैछ । पहिलो टेस्ट ४ मार्चबाट सुरु हुनेछ । उनीहरुको स्थानमा इफ्तिखर अहमद र मोहम्मद वसिमलाई टोलीमा बोलाइएको छ ।
असरफ र हसन दोस्रो टेस्टका लागि उपलब्ध हुने अपेक्षा राखिएको क्रिकेट बोर्डले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।