रुसकाे हमलामा परी ३५२ युक्रेनीको मृत्यु

किभ-युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । 

रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन । 

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ । रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो । 

युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन । 

युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १३:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया