बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलका लागि वार्ता गर्ने ठाउँ तयार भइसकेको बताएको छ।
बेलारुसको यस्तो अभिव्यक्ति आउँदा विश्वभरबाट यसलाई चासोका साथ हेरिएको छ । युक्रेनमाथि रुसले आक्रमण गर्न थालेको पाँच दिन भइसक्दा आएकाले यसलाई विशेषताका साथ लिइएको छ।
वार्ताका लागि तयार भएको यो ठाउँ युक्रेन र बेलारुसको सीमामा हो । त्यहाँको एक ठाउँमा वार्ताका लागि तयारी गरिएको बताइएको छ । युक्रेनले रुसका लागि युक्रेनी राजदूतलाई त्यहाँ पठाउने तयारी पनि गरेको छ ।
रिपोर्टहरूका अनुसार बेलारुसका राजा अलेक्जेन्डर लुकासेन्कोले रुसी आक्रमणमा आफूले पनि सहयोग गर्ने बताएका छन् । तर, यस्तो अवस्थामा पनि युक्रेनले वार्ताका लागि त्यहाँ प्रतिनिधिमण्डल पठाउन तयार भएको हो ।
बेलारुसको विदेश मन्त्रालयले पनि सामाजिक सन्जालमा वार्ताका लागि युक्रेनी वार्ता टोली आउन तयार भएको र आफूहरूले वार्ताका लागि स्थान बनाइसकेको बताएका छन् ।
बेलारुसका विदेश मन्त्रालयका प्रवक्ता ऐनातोली ग्लेजले वार्तास्थलमा प्रतिनिधिमण्डल पुगेलगत्तै वार्ता सुरु हुने बताएका छन् । तर, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो वार्ताबाट कुनै परिणाम निस्किनेमा आफू विश्वस्त नभएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।