धनगढी पुगेर प्रदीप ज्ञवालीले भने- प्रचण्ड-नेपालको अवसरवाद उदाङ्गियो
फाइल फाेटाे

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना (एमसिसी)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अवसरवादी भएकाे पुष्टि भएको बताएका छन्।

प्रेस चौतारी कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले प्रचण्ड र नेपालले एमसिसी पारित गर्दा प्रचण्ड र नेपालले देखाएको व्यवहारले यस्तो पुष्टि भएको बताएका हुन्। 

यसअघि नेपालले कांग्रेसले एमालेसँग मिलेर एमसिसी पारित गर्दा आफूलगायत १४ सांसद र सभामुख हटाउने प्रस्ताव आएकाले आफूहरूले एमसिसी बाध्यात्मक परिस्थितिमा पारित गरेको बताएका थिए । 

यही प्रसंगमा ज्ञवालीले भनेका छन्, ‘उहाँहरू एमसिसी ठिक छ, त्यसैले स्वीकार गरेका हौँ भन्नुहुन्न’, ज्ञवालीले भने, ‘अहिले उहाँहरूका कारण नेपालमा अमेरिका र चीन आमनेसामने हुने अवस्था सिर्जना भएको छ, यो हाम्रा लागि दूर्भाग्यपूर्ण हो ।’

उनले सम्बोधनमा अब हुने स्थानीय चुनावमा लाग्न पनि आह्वान गरेका छन् । उनले एमालेकै दबाबका कारण स्थानीय तहको निर्वाचन हुन लागेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १४:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया