सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप

सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । वीरेन्द्रनगरको मंगलबढी चाेकमा बन्दकर्ता र सुरक्षाकर्मीबीच ढुंगामुढा भएको हो । 

एमसिसी सदनबाट अनुमोदन भएको बिरोधमा विप्लवसहित विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका थिए ।

सुर्खेतका पिपिरा चोक, ऐरी चोक लगायतका विभिन्न चाेकमा बन्दकर्ताहरूले बिहानैदेखि सडकमा टायर बाल्ने र स्थानीय बजारसमेत बन्द गराउँदै हिँडेका थिए । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहान टायर बाल्ने र स्थानीय बजार बन्द गराउँदै हिँडे पनि अहिले भने सामान्य झडप भएको हो ।

सुर्खेतमा बन्दको प्रभाव बिहानैदेखि परेको थियो ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १६:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया