युक्रेनका अधिकारीहरु रुससँग शान्तिवार्ता गर्न तयार भएका छन् । तर, यो वार्ताले कुनै ठोस रुप नदिने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि नै बताइइसकेका छन् ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार रुसका अधिकारीहरु शान्ति वार्ताका लागि युक्रेन र बेलारुसको सीमामा पुगिसकेका छन् । यसअघि बेलारुसले आफूहरुले शान्ति वार्ताका लागि आवश्यक ठाउँ तयार पारिसकेको बताएका छन् ।
यो शान्ति वार्ताको प्रमुअ अजेन्डा युद्धविराम भएको बताइएको छ । युक्रेनमा रुसले आक्रमण गर्न थालेको आज पाँचौ दिन हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।