काठमाडाैं उपत्यकामा थप ४९ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४९ जनामा कोरोना संक्रमणकाे पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ४९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा ४०, भक्तपुरमा ४ र ललितपुरमा ५ जना रहेका छन् ।

यसैगरी, पछिल्लाे २४ घन्टामा देशभर थप १८० जनामा संक्रमण पुष्टि भएकाे छ भने एक जना संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा ४०० जना काेराेनामुक्त हुँदा हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।


 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १६:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया