कर्णाली प्रदेशभर १८ जना बन्दकर्ता नियन्त्रणमा
फरकधार / १६ फागुन, २०७८

कर्णाली प्रदेशभर १८ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबरजस्ती बन्द गराउँदै गरेका सुर्खेतका १३, मुगुका दुई र जुम्लामा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालका अनुसार अन्य जिल्लामा भने कुनै अप्रिय घटना भएको ट्छैन । 



सुर्खेत जिल्लामा भने अहिले पनि झडप भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिलेसम्म १३ जना नियन्त्रणमा लिइएको छ । सडकमा ढुंगामुढा गर्न थालेपछि बन्दकर्तालाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
 
विष्टका अनुसार बन्दकर्ताको प्रहारबाट दुईजना प्रहरी जवान समेत घाइते भएका छन् । ‘अहिलेसम्म स्थिति नियन्त्रणमा ल्याउन सकिएको छैन,’ उनले भने, ‘सुर्खेत बजारमा अहिले पनि बन्दकर्ता जम्मा हुने र बन्द गराउँदै हिँडिराखेका छन् ।’ सुर्खेतमा अहिलेपनि स्थिति नियन्त्रणमा आएको छैन ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १८:२३:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया