शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा बढ्यो चहलपहल

शिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । महाशिवरात्रिको अघिल्लो दिन अघि–पछिभन्दा भक्तजन र साधुसन्त तथा बाबाहरुको उपस्थिति बढी देखिएको हो । 

शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ । यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।  

यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । 

आजसम्म लगभग १५ हजारजना साधुसन्त आइसकेको र यो संख्या भोलिसम्म ५० हजारसम्म पुग्ने क्षेत्रविकास कोषको अनुमान रहेको उनले बताए । त्यस्तै १० लाख दर्शनार्थीले शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्ने पनि उनले बताए । 

क्षेत्र विकास कोषले अहिलेसम्म महाशिवरात्रिको लगभग सबै काम सकिएको बताएको छ । महाशिवरात्रिका लागि पशुपति परिसर फूलमालाहरुले सजाइएको छ भने झिलीमिली बत्तीहरुले झकिझकाउ बनाइएको छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार २२:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया