रुसमाथि प्रतिबन्ध लगाउने फिफा र युइएफएको घोषणा

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले रुसमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएका छन् ।​ युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँका जनतासँग एक्यबद्धता जनाउँदै फिफा र युइएफएले अर्को सूचना नआएसम्मका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् ।

फिफा र युइएफएले रुसको राष्ट्रिय टोलीसँगै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको जनाएका छन् । फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोटअन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ ।

यस्तै, रुसी क्लब स्पार्टक मस्को पनि युरोपा लिगबाट बाहिरिएको छ । फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो ।

यसअघि इंग्ल्याण्ड, पोल्याण्ड, स्वीडेनलगायतका देशले पनि रुससँग कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरिसकेका छन् ।  





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार ७:८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया