युद्धविराम गर्ने वार्ताबीच रुसी सेनाले युक्रेनमा हमला जारी राखेको छ । बिबिसीका अनुसार युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् ।
अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन् । उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन् ।
रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ । तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ । रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ ।
यसैबीच, युक्रेन र बेलारुस सीमामा भएको रुसी र युक्रेनी अधिकारीहरूबीचको पहिलो चरणको वार्ता बिनानिष्कर्ष सकिएको छ । यद्यपि, एक युक्रेनी अधिकारीले दुवै पक्ष आ–आफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन् ।
रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।