भीम रावललाई अहिले कारबाही गर्न आवश्यक ठानेका छैनौं : शंकर पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरुद्ध गरिरहेको छ । उसले आफ्नो दल परित्याग गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले नहटाएको विरोधमा महिनौंदेखि संसद अवरुद्ध गरिरहेको हो ।   

एमाले सांसदहरूले प्रत्येक संसद् बैठकमा नाराबाजी गरिरहेका छन् । तर, एमालेकै सांसद भीम रावल भने नाराबाजी गर्ने भिडमा खासै देखिँदैनन् । कानुनी रूपमा उनी एमालेको सांसद हुन् । तर, रावल संसदभित्र भने स्वतन्त्र जस्तै देखिन्छन् । 

आइतबारको संसद् बैठकमा पनि एमाले सांसदले नाराबाजी जारी राखे । तर, रावलले भने नाराबाजी नगरेर अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा आफ्नो धारणा राखे । बैठकमा उनले एमसिसी राष्ट्रको हितमा नभएकाले अनुमोदन गर्न नहुने अभिव्यक्ति दोहोर्याएका थिए । रावलको अभिव्यक्तिका बाबजुद एमसिसी भने संसदबाट बहुमतले पारित भयो । 

एमालेका सबै सांसद नाराबाजी गरिरहेको बेला उनले आफ्नो धारणा राखेपछि रावललाई कारबाही गर्नुपर्ने पार्टीभित्रै आवाज उठ्न थालेको छ । उनीमाथि संसदमा दलीय प्रतिनिधित्व गर्न छाडेको पनि आरोप लागेको छ ।  

‘उहाँले अहिले राष्ट्रिय राजनीतिभित्र पार्टीलाई प्रतिनिधित्व गर्न छोड्नुभएको छ । सत्य यही नै हो,’ एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा एमाले महासचिव शंकर पोखरेलले भनेका छन् । 

अनि रावललाई कारबाही हुँदैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो त हामीले आवश्यक ठान्दा गर्ने कुरा हो, अहिले हामी आवश्यक ठानेका छैनौं ।’ 





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार ८:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया