युक्रेनको सडकमा ६४ किलोमिटर लामो रुसी सेनाका गाडीको ताँती

सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका कन्भोय (सेनाका गाडी) को ताँती लागेको छ । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म कन्भोय फैलिएको बताइएको थियो ।  

अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी कन्भोयले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्र्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।

युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ । 

बिहीबार रुसी आक्रमण सुरु भएदेखि नै युक्रेनी फौजले मध्यकिभ जाने बाटोमा रुसी फौजले गरेको हमलालाई प्रतिकार गरेको छ । 

रुसी सेनाले सोमबार राजधानी कब्जा गर्नको लागि आक्रमणको पूर्वसन्ध्यामा एउटा राजमार्गमा युक्रेनीहरूलाइ ‘स्वतन्त्र रूपमा’ किभ छोड्न आग्रह गरेको थियो ।  





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार ११:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया