संविधानको उल्लंघन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट भएको छ : माधव नेपाल
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान र लोकतन्त्रप्रति कुनै चिन्ता नभएको बताएका छन् । 

मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने,‘संसदको नियमावलीले के भन्छ, अदालतमा विचाराधीन विषय संसदमा उठाउन पाउँदैन । सबै नियम कानुन देशको संविधानको उल्लंघन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट काम हुँदै आएको छ । उहाँलाई संविधानप्रति, लोकतन्त्रप्रति कुनै मतलब छैन ।’

‘देश विकासको बाटोमा अघि बढौं भन्ने कुरामा कुनै चिन्ता छैन ।’ उनले अघि भनेका छन । साथै, उनले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको रटान मात्र ओलीले लगाइरहेको आरोप लगाए । ‘मलाई मात्र प्रधानमन्त्रीबाट हटाए भन्ने रटान रात-दिन छ’ माधव नेपालले भने । 

नेकपा एकीकृत समाजवादीको अस्तित्वबाट आतंकित भएर, आफ्ना सांसदहरू उपस्थित भएको देखेर, विचलित भएको भन्दै नेपालले भने,‘हामी वैधानिक रूपमा स्थापित भएको पार्टी हो ।’

नेपालले भनेका छन्, ‘ह्वीप लाग्दैन भन्ने सर्वोच्च अदालतको फैसलाअनुसार हामीलाई कुनै पनि अनुशासनको कारबाही लाग्ने थिएन । सो प्रावधान अन्तर्गत हामीले स्वतन्त्र निर्णय गरेका हौं । हामीले नयाँ गठबन्धनको स्थिति बनाउनका लागि शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्रीमा समर्थन गरेका हौं । त्यसबापत कुनै कारबाही गर्न सक्दैन । कसैको पनि ह्वीप लाग्दैन । कसैलाई लागेको छ भने, अदालतमा गएका पनि हौं ।’





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १४:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया