केपी ओली कम्युनिस्ट र देशभक्ति हुन लायक नै छैन : माधव नेपाल
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन । 

पार्टीको एमसिसी अनुमोदन भइसकेपछिको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको आलोचनामै लामो समय बिताएका छन । उनले ओलीमा देशभक्तिको भावना नभएकोदेखि संविधानको उल्लंघन गरेकोसम्म आरोप लगाएका छन । 

उनले भने,‘केपी ओलीमा देशभक्तिको भावना छँदै छैन । आत्मसमर्पणवादी नीति अबलम्बन गरेर, दक्षिणपन्थी बाटो अंगालेर अगाडी बढेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायक नै छैन ।’

उनले ओलीलाई चुनौती दिँदै भनेका छन, ‘म चुनौतीका साथ भन्न चाहन्छु, यदी ठिक हो भने मैदानमा आउनुपर्यो । तथ्य र बहसको मैदानमा ।’





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १४:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया