एकीकृत समाजवादीको धारणा : देशलाई अप्ठ्यारोबाट जोगाउन एमसिसीमा 'व्याख्यात्मक घोषणा' [पूर्णपाठ]
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले एमसिसीमाथि गरेको व्याख्यात्मक घोषणा एमसिसी कम्प्याक्टमा अंग बनेको बताएको छ । संसदबाट एमसिसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादीले व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउनबाट रोकिएको दाबी गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी अडानका कारण व्याख्यात्मक घोषणासहित एमसिसी कम्प्याक्ट संसदबाट अनुमोदन भएको उल्लेख छ ।

एमसिसी जस्ताको तस्तै पारित हुँदा देश अफ्ठ्यारो अवस्थामा पुग्ने सक्ने भएकाले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको एकीकृत समाजवादीले जनाएको छ ।

‘यदि हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसिसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रूपमा लिनुपर्दछ ।’





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १५:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया