लामो समय एउटै पार्टीमा काँध जुधाएर हिँड्थे– केपी शर्मा ओली र माधवकुमार नेपाल ।
हिजो-आज उनीहरुबीच मित्रता छैन । बरु, एक अर्कालाई खुल्याउन सक्दो प्रयास हर कार्यक्रममा गरिरहेका हुन्छन । एमाले विभाजन गराएर नयाँ दल दर्ता गराएपछि त ओलीले नेपाललाई भेट्न सम्म मानेका छैनन ।
केही दिनअघि बालुवाटारमा भएको छलफलमा त ओलीले माधव नेपाल आउने भए आफू पनि नआउने बताएका थिए । ओली नआउने भएपछि प्रचण्डले नेपाललाई फोनमार्फत फकाएर बालुवाटारमा आफूमात्र पुगेका थिए ।
यति घृणा गरिरहँदा उनी पनि ओलीमाथि आक्रमक ढंगले प्रस्तुत भइरहेका हुन्छन । नेपालले मंगलबार ओलीको चर्को आलोचना गरे । ओलीले नेपालप्रति एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, उनले ओलीतर्फ लक्षित भएर लामो समय आलोचनामा खर्चिए ।
उनले कम्युनिस्ट हुन लायक नभएकोदेखि संविधानप्रति कुनै पनि आस्था नभएकोसम्म आरोप ओलीमाथि लगाएका छन । पार्टीले राजधानीको अर्पण ब्याङ्क्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल ओलीमाथि खनिएका हुन् ।
यसअघि पनि ओलीमा भएको व्यक्तिवादी चरित्रको कारण आफूहरु विभाजित हुन परेको नेपालको आरोप थियो । उनले ओलीमा संविधानप्रति कुनै आस्था नभएको बताएका छन् ।
साथै, देशको स्थायीत्वप्रति कुनै चिन्ता नभएको, प्रतिनिधिसभाको रक्षा गर्न नसेकेको, सरकार सहज तरिकाले चलाउन नसकेको, प्रधानमन्त्रीबाट हटाए भन्ने चिन्ताको रटान निरन्तर लगाएको, दम्भ र अहंकारले भरिएको लगायतका आरोपहरू लगाएका छन ।
पत्रकार सम्मेलनमा ओलीमाथि नेपालले गरेका आलोचनाको १५ बुँदा
१) देशको सबै नियम कानून, देशको संविधान उल्लंघन
२) संविधानप्रति कुनै आस्था छैन
३) लोकतन्त्रप्रति कुनै समर्पणभाव छैन
४) देशको स्थायीत्वप्रति कुनै चिन्ता छैन
५) जनताले निर्वाचित गरेको प्रतिनिधिसभाको रक्षा गर्नु छैन
६) सहज तरिकाले सरकार चलाउन चिन्ता छैन
७) प्रधानमन्त्रीबाट हटाए भन्ने रटान रातदिन गाएको छ
८) दम्भ र अहंकारले दुईतिहाइ गुम्यो
९) व्यक्तिवाद, अहंकारवाद, अधिनायकवादी चिन्तन
१०) सिंगै देशको लोकतन्त्रलाई समाप्त पार्ने उदेश्य
११) एकलौटी शासनसत्ता संचालन
१२) ओली सरकारका मन्त्रीहरुले नै एमसिसीबारे विवाद सिर्जना गरेको
१३) केपी ओलीमा देशभक्तिको भावना नै छैन
१४) आत्मसमर्पणवादी र दक्षिणपन्थी बाटो समातेको
१५) कम्युनिस्ट हुन लायक नै छैन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।