लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।
मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा केही सिटमा एमालेसँग गठबन्धन हुन सक्ने बताए ।
‘एमालेसँग हाम्रो त्यस्तो कुनै असन्तुष्टि छैन् । आउँदो स्थानीय तहको निर्वाचनमा छलफल हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा नभएपनि लोकल स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कससँग कुनै गठबन्धन छैन् । अहिले हल्ला मात्रै हो पछि हुन पनि सक्छ । कतिपय सिटहरूमा गठबन्धन हुन सक्छ तर अहिले नै त्यो कुरा भन्न सकिँदैन । यस विषयमा हालसम्म कुनै छलफल भएको छैन् ।’
अध्यक्ष ठाकुरलाई स्वागत गर्न लोसपाका नेता तथा कार्यकर्ताहरू जनकपुरधाम विमानस्थल पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।