युद्धलाई नै हनिमुनका रूपमा मनाउँदै युक्रेनको यो नवजोडी

आगामी मे महिनामा बिहे गर्ने योजना बनाएका युक्रेनका एक जोडीले रुसको आक्रमणका कारण गत हप्ता विवाह गरे । विवाह भएको केही घन्टामै रुसले युक्रेनमा हमला गरेपछि एक विवाहित जोडीले युद्धमै हनिमुन मनाउने भएका छन् । 

नवविवाहित यारना एरिएभा र स्भ्यातोस्लभ फर्सिन अहिले रुसी सेनाविरुद्ध डटेर लडिरहेका छन् । आर्मीको परिहनमा राइफल बोकिरहेका उनीहरु आफूहरूका लागि यही हनिमुन समान भएको बताउँछन् । 

युक्रेनको राजधानी किभमा जन्मिएकी एरिएभा सञ्चारमाध्यम सिएनएनसँग कुरा गर्दै भन्छिन्, ‘हामीले अहिले भोग्नुपरेको यो नयाँ वास्तविकता बुझ्न कठिन छ । रुसको हमलाविरुद्ध लड्नुपरिरहेको छ ।’

‘यहाँ सबैलाई हामीले युद्ध जित्नेछौँ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘धेरै मानिस यो देशका लागि लड्न तयार भएको देखेर मलाई एकदमै खुसी लागिरहेको छ ।’ 

उनका पति फर्सिन स्वतन्त्रताका लागि जतिसुकै ठूलो लडाइँ लड्न पनि तयार रहेको बताउँछन् । युद्धमा जाँदा अवश्य पनि उनीहरूलाई आफ्नो र परिवारको धेरै चिन्ता  छ । आफ्नी पत्नी, बुबाआमा र बहिनीलाई बचाउन आफूले सबथोक गर्ने फर्सिनको भनाइ छ ।

यो जोडीले अहिले अन्तर्राष्ट्रिय समुदायसँग युक्रेनका लागि पैसा, खानेकुरा, हतियार र मेडिकल सहयोगका लागि अपिल गर्दै रुसमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाउन अनुरोध गरिरहेको छ । 





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १८:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया