जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना पारित भइसकेपछि अब नयाँ विमर्शमाथि छलफल हुनु पर्ने आवश्यकता भएको बताएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतामा पारित गर्नु पर्ने पक्षमा डा. भट्टराईले पहिले देखि नै वकालत गर्दै आएका थिए ।
उनले अब एमसिसीबारेम माथापच्ची गर्नुको कुनै अर्थ नभएको ट्विटरमा लेखेका हुन् । अबको समय आन्तरिक र बाह्य पुँजी तथा प्र्रविधि परिचालन गर्ने समय भएको उनको ठहर छ । उनले यस्तो गरेर दुई दशकसम्म दुई अंकको वृद्धिदर हासिल गर्ने र नेपाललाई तेस्रो विश्वबाट पहिलोमा पुर्याउने भन्ने विमर्श थाल्नु उपयुक्त भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौँ ।’
अबMCCबारे माथापच्ची गर्नुसट्टा कसरी आन्तरिक र बाह्य पुॅजी/प्रविधि परिचालन गरेर दुइ दशकसम्म दुइ अंकको बृद्धिदर हासिल गर्ने र नेपाललाई तेश्रो विश्वबाट पहिलोमा पुर्याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ।अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं!
— Baburam Bhattarai (@brb1954) March 1, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।