युक्रेनको राजधानी किभमा टिभी टावरमा आक्रमण, पाँच जनाको मृत्यु

युक्रेनका आपतकालीन सेवाहरुहरुका अनुसार युक्रेनको राजधानी किभमा एक टिभी टावरमा आक्रमण भएको छ । यो रुसले गरेको आक्रमण हो । आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

टिभी टावरमा भएको यो आक्रमण रुसको भएको र यसका कारण केही उपकरणमा पनि क्षति पुगेको युक्रेनको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसका कारण त्यहाँको टिभी च्यानल केही समयमा लाग्न चल्ने छैन ।

युक्रेनको राजधानी किभमा टिभी टावर बेबिन यार स्मारकसँगै थियो । नाजी जर्मनीको समयमा युरोपमा यहुदीहरुको सबैभन्दा ठूलो नरसंहारमध्ये एक बेबिन यारमा भएको थियो ।

त्यसैको सम्झनामा यो ठाउँमा स्मारक बनाइएको थियो । यो आक्रमणलाई युक्रेनले रुसी बर्बरताको संज्ञा दिएको छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ६:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया