आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ ।

राति प्रदेश–१, कर्णाली प्रदेश र गण्डकीका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बिहीबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ६:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया