बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने

मिन्स्क-बेलारुसले युक्रेनसँगको दक्षिणी सीमामा आफ्ना सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने भएको छ । आगामी दुई दिनपछि सीमामा रहेका पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पुर्‍याइने राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले घोषणा गरेका छन् । 

‘यी उच्च तालिमप्राप्त मोबाइल समूह हुन्, जसले विरोधीका जुनसुकै उत्तेजना र बेलारुसविरुद्धको सैन्य कारबाही रोक्न सक्छन्’, युक्रेनतर्फ लक्षित गर्दै सुरक्षा परिषद्को बैठकमा उनले भने । 

सेनाको परिचालनलाई ‘रोकथम कार्य’ भन्दै त्यसले युक्रेनका कट्टरपन्थी र हतियारहरुको प्रवेश रोक्ने लुकान्शाेकाे भनाइ छ । रुसलाई समर्थन गरेको भन्दै पश्चिमा देशहरूले बेलारुसलाई प्रतिबन्ध लगाएका छन् ।  





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ९:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया