कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाजुरा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका-२ घर भई धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमन्डी बस्दै आएका ६८ वर्षीय मिनबहादुर सिंह रहेका छन् ।

प्रहरीले उनलाई मंगलबार धनगढीबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाजुराले उनलाई ९ वर्ष ३ महिना कैदको सजाय सुनाएको थियो । 

अदालतको फैसलापछि फरार रहेका सिंह पक्राउ परेपछि हिजो नै जिल्ला अदालतको अनुमति लिई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ९:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया