अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।
युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो ।
राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाब सिर्जना हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।