युक्रेनबाट १३७७ भारतीयको उद्दार, १६ हजार विद्यार्थी बिचल्ली

युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घन्टामा आफ्ना १३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानकारी दिएका हुन् । 

‘पोल्याण्डबाट पहिलो उडानसहित पछिल्लो २४ घण्टामा भारतका लागि ६ उडानहरू प्रस्थान गरेका छन् । युक्रेनबाट थप १३७७ भारतीय नागरिकलाई फिर्ता ल्याइएको छ’, जयशंकरले ट्विट गर्दै भनेका छन् ।

युक्रेनमा रहेका नागरिकहरूलाई बाहिर निकाल्न सुरु गरिएको अपरेसन गंगाअन्तर्गत भारतले आगामी तीन दिनमा २६ वटाभन्दा बढी उडानहरू सञ्चालन गर्नेछ । युक्रेनको हवाइक्षेत्र बन्द भएपछि रोमानिया, हंगेरी, पोल्याण्ड र स्लोभाक गणतन्त्रका विमानस्थलहरू भारतीयहरूलाई उडान भर्न प्रयोग भइरहेका छन् ।

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले युक्रेनको राजधानी किभमा कुनै पनि भारतीय बाँकी नरहेको बताएका छन् । रुसले धेरै सहरहरूमा सर्वसाधारणको बसोबास गर्ने क्षेत्रहरूमा आक्रमण सुरु गरेको छ । राजधानी किभका बासिन्दाहरूलाई आफ्नाे घर छोड्न आग्रह गरेको छ ।

रुसी सेनाका बख्तरबन्दका ठूला लाम राजधानी किभतर्फ बढेसँगै राजधानी किभ छोड्ने मानिसहरूको संख्या बढेको छ । 

अमेरिकास्थित स्पेस टेक्नोलोजी कम्पनीले सार्वजनिक गरेका तस्विरहरूमा सयौं ट्यांक, तोप, बख्तरबन्द, र सैन्य हतियार बोकेका सेनाका गाडी राजधानीतर्फ बढिरहेका देखिन्छन् । 



१६ हजार विद्यार्थी अझै अलपत्र

करिब १६ हजार भारतीय विद्यार्थी अझै पनि युक्रेनमा बिचल्लीमा छन् । रुसी फौजले युक्रेनमाथि हमला सुरु गरेपछि अलपत्र परेका विद्यार्थीले सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरूबाट सहयोगको याचना गरिरहेका बताइन्छ ।



सोमबार रुसी सेनााले गरेको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो । मंगलबार मात्र सरकारले सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छोड्न अनुरोध गरेको थियो । 

  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १०:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया