नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ तिन पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८२ पैसा छ । क्यानडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात पैसा कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।