युरोपियन क्लब एसोसिएसन (इसिए) ले तत्काल लागू हुनेगरी सात रुसी क्लबको सदस्यता खारेज गरेको छ ।
सिएसके मस्को, क्रास्नाेडर, लोकोमोटिभ मस्को, एफसी रोस्टोभ, रुबेन काजान, स्पार्टक मस्को र जेनिथ सेन्ट पिटर्सबर्गको सदस्यता खारेज भएको हो ।
युक्रेनमाथि युद्ध सुरु गरेपछि रुसमाथि सबै खाले खेलबाट प्रतिबन्ध लगाइनु पर्ने आवाज उठ्दै आएको छ । मंगलबार मात्र फिफा र युइएफएले रुसमाथि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिवन्ध लगाएका थिए ।
योसँगै रुसको कतार विश्वकप २०२२ छनोट लक्ष्यमा पूर्णविराम लागेको छ । रुसले मार्च २४ मा विश्वकप छनोट २०२२ को प्लेअफ सेमिफाइनलमा पोल्यान्डविरुद्ध खेल्ने तालिका थियो ।
तर पोल्यान्डले रुसविरुद्ध नखेल्ने घोषणा गरेको थियो ।
युएइफइले सेन्ट पिटर्सबर्गमा तय च्याम्पियन्स लिगको फाइनल पनि फ्रान्सको पेरिसमा सार्ने घोषणा गरिसकेको छ ।
इंग्ल्यान्डले पनि अनिश्चतकालसम्मका लागि रुससँग कुनै पनि प्रकारको फुटबल नखेल्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।