रुसमाथि फिबाको पनि प्रतिवन्ध

इन्टरनेसनल बास्केटबल फेडरेसन (फिबा) ले पनि रुसलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रतिवन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सिफारिसमा फिबाले रुसका खेलाडी तथा पदाधिकारीलाई अनिश्चितकालसम्मका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन प्रतिवन्ध लगाएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय खेलकुद निकायले रुसमाथि प्रतिवन्ध लगाउ थालेका हुन् । यसअघि फिफा र युएइएफए लगायतले रुसमाथि प्रतिवन्ध लगाइसका छन् । 

यो प्रतिवन्धपछि रुसको महिला बस्केटबल टोलीले सेप्टेम्बर २२ देखि अष्ट्रेलियामा हुन लागेको फिबा महिला विश्वकपमा सहभागिता जनाउन पाउने छैन ।  

त्यस्तै, पुरुष टोलीले २०२३ मा आयाेजना हुने विश्व च्याम्पियनसिपको छनोट खेल्न नपाउने भएको छ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ११:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया