नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको उद्घाटन

सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टि-२० क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन भएको छ । 

पाकिस्तानी राजदूतावासको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरेका हुन् । 

मेयर शाक्यले पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले पाकिस्तान र नेपालका खेलाडीहरूलाई एकजुट बनाउन सहयोग गर्ने बताए । 

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले कोडिभको यस समयमा खेलकुद गतिविधिको महत्त्व बढेको बताए । 

शाहले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुमधुर बनाउने विश्वाससमेत व्यक्त गरे ।

प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुनेछ । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
  
समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब तथा समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जिएचसिए छन् ।



त्यस्तै, समूह ‘सी’ मा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी छन् ।

प्रत्येक समूहका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा भइरहेको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावास र एचके क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । 



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १४:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया