राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथग्रहण शनिबार
प्रतीकात्मक तस्वीर

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथग्रहण शनिबार हुने भएको छ । गत १२ माघमा भएको राष्ट्रियसभा निर्वाचनबाट चुनिएका १९ जना सदस्यको शपथ शनिबार हुने भएको हो ।

शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा उनीहरूलाई शपथ खुवाउन कार्यक्रम तय भएको हो ।

चार वर्षको कार्यकाल पूरा गरेका २० जना सदस्य शुक्रबारबाट बिदा हुँदैछन् । रिक्त २० मध्ये १९ जना निर्वाचन भएर आएका छन् भने एक जनालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन् ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १६:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया