रुसी विदेशमन्त्री भन्छन् - तेस्रो विश्वयुद्ध विनाशकारी आणविक युद्ध हुनेछ
फाइल तस्वीर

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले युक्रेनलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका छन् ।

उनले तेस्रो विश्वयुद्ध विनाशकारी र आणविक युद्ध हुने बताए । युक्रेनसँगको वार्ताको विषयमा लाभरोभले रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका लागि तयार रहेको तर युक्रेनले अमेरिकाको इशारा पछ्याइरहेको आरोप लगाए ।

एक दिनअघि लाभरोभले युक्रेनले आणविक हतियार प्राप्त गर्न कोशिस गरिरहेको बताएका थिए ।

'यो ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ,' उनले भने, 'युक्रेनसँग अझै सोभियत आणविक प्रविधि छ । त्यसैले रूसले यो धम्कीलाई सफलतापूर्वक जवाफ दिनु पर्छ ।'

उनले पूर्व सोभियत संघका देशहरूमा पश्चिमी देशहरूले सैन्य अड्डाहरू निर्माण नगर्न चेतावनी दिए । लाभरोभले रूसले युक्रेनको आणविक हतियार हासिल गर्ने प्रयासलाई रोक्ने पनि बताए ।

हालै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आणविक सेनालाई विशेष सतर्कता अपनाउन आदेश दिएका छन् ।



अमेरिकालगायत धेरै देशले यसको आलोचना गरेका छन् । तर, युक्रेनमा सैन्य कारबाही सुरु गर्दा पुटिनले युक्रेनको मामिलामा कुनै विदेशीले हस्तक्षेप गरे त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । बिबिसी हिन्दी



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १६:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया