आइसिसी टी–२० वरीयतामा कुशल, सन्दीप र अविनाशले सुधार गर्दा दीपेन्द्र खस्किए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र अविनाश बोहराले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि–२० वरीयतामा सुधार गर्दा दिपेन्द्रसिंह ऐरी भने खस्किएका छन् । 

नयाँ वरियतामा कुशल ब्याटिङतर्फ ८ स्थान सुधार गर्दै ३१ औं स्थानमा उक्लिँदा दीपेन्द्र भने १ स्थान तल झर्दै ५० औं स्थानमा छन् । उनीहरूले क्रमशः ५२७ र ४५७ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् । 
ब्याटिङतर्फ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका कप्तान बाबर अजाम छन् । 

बलिङतर्फ स्पिनर सन्दीप पनि ७ स्थान सुधार गर्दै ३६ औं स्थानमा उक्लिँदा तीव्र गतिका बलर अभिनाश बोहरा पनि ४ स्थान सुधार गर्दै ८२ औं स्थानमा छन् । उनीहरूको रेटिङ प्वाइन्ट क्रमशः ४९४ र ४११ छ । 

बलिङतर्फको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका तावरेज शाम्सी छन् । 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १६:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया