नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संसद अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाएका छन्।
यसको मूल्य एमालेले आगामी चुनावमा चुकाउनुपर्ने उनले चेतावनी दिएका छन्।
बुधबार संसद भवनबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले सत्तापक्षले संसद सुचारु गराउन टुनामुना गरिरहेको तर सफल हुन नसकेको बताए ।
प्रमुख प्रतिपक्ष दल एमालेप्रति इंगित गर्दै उनले कुबुद्धि हटेपछि मात्रै संसदको अवरोध अन्त्य हुने बताए ।
अध्यक्ष नेपालले भने, ‘जहिले कुबुद्धि सप्रिन्छ, तैले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले धेरै टुनामुना लगाइरहेको छ, काम लागेको छैन।’
संसद अवरोधले एमालेको प्रतिष्ठा खस्काएको छ र उसको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न खडा भएको उनले बताए । उनले भने, ‘जनताको विश्वासप्रति घात गर्ने काम भएको छ । यसको मूल्य आउने चुनावमा तिर्नुपर्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।