युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ । 

युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो । तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए ।

अहिले जापानबाट त्यस तर्फ जान पुरै प्रतिबन्ध लगाइएको जापानको मन्त्रिपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १९:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया