चुनावमा बाम गठबन्धन हुँदैन, सभामुखसित हिसाबकिताब क्लियर गर्छौँ : ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आगामी निर्वाचनमा बाम गठबन्धन नहुने बताएका छन् ।

बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा बाम गठबन्धन नुहने बताएका हुन् । उनले कांग्रेससँग भने वार्ता तथा संवाद जारी रहने बताए ।

'कांग्रेससँग वार्ता-संवाद जारी रहन्छ' उनले भने, 'आगामी निर्वाचनमा बाम गठबन्धन हुँदैन ।'

उनले सरकारले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाएको आरोप लगाए । आफ्नो पार्टीले उठाएका माग सरकारले पूरा नगर्दासम्म संसदमा विरोध जनाइरहेन उनको भनाइ छ  ।

उनले सभामुख अग्नि सापकोटले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए । उनले सभामुख सापकोटासँग एमालेले हिसाबकिताब क्लियर गर्ने तर्क गरे ।

'पक्षपातपूर्ण व्यवहार गर्ने, पार्टी विभाजन गर्न अपराधपूर्ण काममा संलग्न हुने सभामुखसित हिसाबकिताब क्लियर गर्छौँ । हामी हाम्रा मुद्दाहरूको यथोचित अड्रेस नहुन्जेल त्यो कुरा उठाइरहन्छौँ,' उनले भने ।



उनले गठबन्धन पनि दुर्भाग्यपूर्ण अवसनमा परिणत हुने टिप्पणी गरे । 'यो गठबन्धन दुर्भाग्यपूर्ण अवसनमा परिणत हुन्छ' उनले भने ।



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार २०:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया