रुस र युक्रेनबीच आज दोस्रो चरणको वार्ता हुँदै

रुस र युक्रेनबीच गत सोमबारको पहिलो वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि आज बुधबार दोस्रो चरणको वार्ता हुने भएको छ । 

शान्ति वार्तालाई कायमै राख्नका लागि आज अर्को चरणको छलफल हुन गइरहेको रुसको समाचार संस्था तासले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई जारी राख्न तयार छ ।’ 

वार्तामा रुसको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्नेछन् । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेष्टोभिचले यो वार्ताबाट पनि धेरै कुराको परिवर्तनको अपेक्षा नरहेको बताएका छन् । 

रुसले युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियनको सदस्य बन्न नपाउने सर्त अघि सारेको छ । यता, युक्रेनले भने रुसले युद्धविराम गरेर आफ्नो भूमिबाट सेना फिर्ता गर्नुपर्ने अडान राखेको छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार २०:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया