युक्रेनमा अर्का भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय परराष्ट्र मन्त्रालयले यसको पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ती विद्यार्थीको मृत्यु प्राकृतिक कारणले भएको र उनको परिवार पनि त्यहीँ रहेको बताए ।
रिपोर्टका अनुसार २२ वर्षीय विद्यार्थी चन्दन जिन्दल युक्रेनको भिन्नित्सियामा रहेको मेडिकल कलेजमा पढ्थे ।
मस्तिष्कघात भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । आज उनको निधन भएको हो ।
मंगलबार कर्नाटकका नवीनको युक्रेनको दोस्रो ठूलो सहर खार्किवमा मृत्यु भएको थियो ।
युक्रेनमा हजारौं भारतीय विद्यार्थी मेडिकल अध्ययनका लागि जाने गरेका छन् । गत बिहीबार रुसी सेना युक्रेनमा प्रवेश गरेपछि विद्यार्थीहरू भारत फर्कन खोजिरहेका छन् ।
विद्यार्थीलाई फिर्ता ल्याउन भारत सरकारले चार केन्द्रीय मन्त्रीलाई युरोप पठाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।