रुसले युक्रेनकै सबैभन्दा ठूलो पारमाणविक भट्टी आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । दक्षिणी युक्रेनको निएपर नदीनजिकको जापोरिझझिया सहरस्थित क्षेत्र आफ्नो नियन्त्रणमा रहेको रुसले दाबी गरेको हो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले रुसलाई उदृत गर्दै उक्त भट्टीका कर्मचारी आफ्नो कार्य सामान्य ढंगले सञ्चालन गरिरहेको जनाएको छ । तर, युक्रेनले भने आफ्नो मुलुकका सम्पूर्ण ऊर्जा भट्टीसँग सम्पर्क रहेको र सबै स्थानमा नियमित कार्य जारी रहेको जनाएको छ ।
युक्रेनका १५ वटा पारमाणविक ऊर्जा भट्टीमध्ये ६ वटा भट्टी जापोरिझझिया प्लान्टमा रहेका छन् । जापोरिझझिया प्लान्ट रहेको एनरगोदार सहर नजिकका सडकमा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरिरहेका छन् ।
युक्रेनका पारमाणविक निकायले रुसी फौजले कब्जा गरिसकेको उत्तरी युक्रेनस्थित चेर्नोबिल पारमाणविक भट्टी क्षेत्रको सुरक्षित क्रियाकलापका लागि समन्वय गरी मद्दत गरिदिन आइएइएलाई अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।