१० लाख युक्रेनीले छाडे देश

युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरूमा शरण लिएको  राष्ट्रसंंघले जनाएको छ । 

एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ । 

ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरू बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस् ।’

युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ८:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया