मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव आजदेखि सुरु

मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु हुँदैछ । फागुन औंसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोसमेत सहभागी हुनेछन् ।

डोलापछि परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा हजाराैं नरनारी सहभागिता हुने गर्छन्। लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्छ । 

१५ दिने परिक्रममा अन्तर्गत  क्रमश जनकपुरको हनुमान नगर,  बिहारको कलनास्थित कल्यानेश्वर,भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता,  धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने सुन्दरसदनका कुट्टीका महन्थ नवलकिशोर शरणले जानकारी दिए । 

नेपालका धनुषा, महोत्तरी तथा भारतको बिहारका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँ समेटने परिक्रमा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । बृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारका परिक्रमा मनाइन्छ ।

मध्यपरिक्रमको सुरुवात १८ औँ शताब्दीभन्दा अघि भएको साहित्यकार डा.राजेन्द्र विमलले बताए।   





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १०:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया